फिफा बरियतामा नेपाल दुई स्थान तल
बिहीबार, २० जेठ २०७३, २२ : ४३
काठमाडौँ– विश्व फुटबल महासङ्घ (फिफा)ले आज सार्वजनिक गरेको बरियतामा नेपाल दुई स्थान तल झर्दै १८२ औं स्थानमा पुगेको छ ।
फिफा बरियतामा दुई स्थान तल झरेपछि दक्षिण एशियामा भने नेपाल यसअघि रहेको चौथो स्थानमा यथावत छ ।
दक्षिण एसियाली मुलुकहरू भारत १६३ औँ स्थानमा रहेर दक्षिण एशियाको शीर्ष स्थानमा पुगेको छ । यसअघि दक्षिण एसियाको शीर्ष स्थानमा रहेको मल्दिभ्स सबैभन्दा धेरै १४ स्थान तल झरेर १७४ औँ स्थानमा पुगेको छ । त्यस्तै बङ्गलादेश १८१ औँ, भुटान, श्रीलङ्का र पाकिस्तान क्रमशः १८८ औं, १८९औँ र १९२ औँ स्थानमा छन् ।
त्यस्तै दक्षिण एशियाबाट छुट्टिएर मध्यएशिया फुटबल फेडेरेसनमा आबद्ध भएको अफगानिस्तान १५६ औँ स्थानमा छ । विश्व बरियताको शीर्ष स्थान अर्जेन्टिना, दोस्रोमा बेल्जियम यथावत् छन् भने कोलम्बिया तेस्रो, जर्मनी चौथो, चिली पाचौँ स्थानमा छन् । छैटौँ, सातौँ, आठौँ, नवौँ र दसौँ स्थानमा क्रमशः स्पेन, ब्राजिल, पोर्चुगल, उरुग्वे र अस्ट्रिया छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण