लोकदोहोरी प्रतिष्ठान युरोप शाखाको अधिबेशन पेरिसमा हुदै
शनिबार, २२ जेठ २०७३, ०८ : १८
पेरिस–नेपालमा लोकदोहोरीसंग सम्बन्धित एकमात्र छाता संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको यूरोपमा गठन भएको शाखाको प्रथम अधिबेशन यहि जून २६ फ्रान्सको शहर पेरिसमा हुने भएको छ l नेपाली गीतसंगीत बिशेष गरि लोकदोहोरीलाइ विश्वमा प्रचार तथा प्रबर्धन गर्ने उधेश्यका साथ गठन भएको युरोप शाखाको तदर्थ समितिको अधिबेशन हुन लागेको हो ! उक्त अधिबेशनले आगामी तिन बर्षको लागि पदाधिकारीहरुको चयन गर्ने छ l
गैर आवासीय नेपाली संघ फ्रान्सको संयोजनमा अधिबेशनको साथमा बिबिध सांस्कृतिक कार्यक्रम पनि राखिएको महासचिब शिब सुबेदीले बताउनु भयो l कार्यक्रममा गैर आवासीय नेपाली संघका यूरोपमा रहनुभएका विभिन्न पदाधिकारीहरुको समेत सहभागिता रहने छ l नेपालमा ४० भन्दा बढी जिल्लामा शाखा बिस्तार भएको प्रतिष्ठानको युरोप शाखा बाहेक यूकेमा पनि शाखा गठन भएको छ l स्मरण रहोस राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको महाधिबेशन यहि असोजमा काठमाडौँमा सम्पन्न हुदैछ l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण