समाजसेवी केसी एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त
शनिबार, २२ जेठ २०७३, ०८ : २५
वाशिंगटन डिसी -गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रल्हाद केसी अमेरिकाको म्यासाचूसेट्स राज्यको लागि एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भएका छन् l
केसीलाई म्यासाचूसेट्स राष्ट्र मण्डल गभर्नर को कार्यालयले गत जुन १ तारिख देखि लागु हुने गरि उक्त पदमा नियुक्त गरेको छ l उनलाई म्यासाचूसेट्स राष्ट्र मण्डल का गभर्नर चार्ल्स डि बेकरले उक्त आयोगका सदस्य पदमा मनोनित गरेका हुन् l
बिभिन्न संघ तथा संस्था तथा सामाजिक सेवामा आफ्नो योगदान पुर्याएका केसी बिगत ३५ बर्ष देखि अमेरिकामा परिवार सहित बोस्टनमा बस्दै आएका छन् l उक्त नियुक्त पत्रमा केसीलाई आफ्नो उत्तरदायी बहन सुरु गर्नु अगाडी सपथ ग्रहण गर्नै पर्ने जनाएको छ l
सरकारका गभर्नर प्रतिनिधि क्यारिन ई पोलिटो तथा चार्ल्स दि बेकरले म्यासाचूसेट्स राष्ट्र मण्डलमा केसीको सेवा गर्ने राजीखुसी मा कदर गर्ने उक्त नियुक्त पत्रमा उल्लेख छ l
एसियन अमेरिकन आयोग सदस्यमा नियुक्त भए पछि केसीले खुसि व्यक्त गर्दै आफ्नी जीवन संगिनी पत्नी तथा सम्पूर्ण नेपाली समुदायलाई धन्यवाद दिएका छन् l 'हामी अवसरको भुमि अमेरिका आएका छौ l हामी केवल दालभातमा मात्र समय खेर फाल्नु हुदैन', केसीले भने, 'अब नेपाली समुदायको जन घनत्व बढ्दै गएकोले हामी मुलधारमा अब जानु पर्छ l'
यहाँको सरकार संग मिलिजुली काम गर्दै नेपाल र नेपालीलाई कसरि सहयोग गर्न सकिन्छ भन्ने कुरामा आफु चिन्तित रहेको बताए l यहाँबाट के कुरा नेपाललाई दिने हो भन्ने बिषयमा आफु केन्द्रित रहेको बताए l
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण