दुई सातादेखि विदेशी पर्यटक वेपत्ता
शनिबार, २२ जेठ २०७३, ०८ : ४०
म्याग्दी– धौलागिरि हिमाल आरोहणका लागि आएका एक जना विदेशी पर्यटक दुई हप्तादेखि सम्पर्कविहिन भएका छन् ।
म्याग्दीको मुदी गाविसमा पर्ने धौलागिरि आधार शिविरबाट इटली क्याम्प फर्कने क्रममा डेनमार्कका ३५ वर्षीय क्रिस्टन विलसन सम्र्पकविहीन भएका हुन् ।
चार जना जोर्डन र अमेरिकनसँगै आरोहणका लागि धौलागिरि आधार शिविर पुगेका विलसन जेठ ४ गतेदेखि सम्र्पकमा छैनन् ।
ट्राभल एजेन्सी, सुरक्षाकर्मी र हेलिकोप्टर परिचालन गरेर खोजी गरे पनि फेला पार्न नसकेको म्याग्दीका प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए । उनीसँगै गएका जोर्डन र अमेरिकाका नागरिक आरोहण गर्न नसकेर फर्किए पनि उनी एक्लै आधार शिविरमा बसेका थिए ।
मे १७ तारिखका दिन घरबाट फेसबुकमा आएको सन्देश हेरेका उनी त्यसयता सम्र्पकमा नरहेपछि खोजीका लागि सहयोग गरिदिन परिवारका सदस्यले अपिल गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण