मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
शनिबार, २२ जेठ २०७३, ११ : १५
लहान–मार्डर–सिरहा सडकखण्डअन्तर्गत सिरहा नगरपालिका–१६ स्थित सडकमा गए राति मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिरहा नगरपालिका–३ निवासी ६५ वर्षीय शिवनारायण साह रहेको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ ।
राति ९ बजेतिर ना३८प ६०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते साहको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलका चालक सिरहा नगरपालिका–२ निवासी ३० वर्षीय सुरेन्द्र साह घाइते भएकाले उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाएको इलाका प्रहरी कार्यालय मार्डरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण