प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकारः बादल
शनिबार, २२ जेठ २०७३, ११ : ३७
काठमाडौं– नेकपा माओवादी केन्द्रका हेडक्वार्टर सदस्य रामबहादुर थापा बादलले प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता रहेको बताएका छन् । प्रेस सेन्टर नेपालले शनिबार सिन्धुलीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले माओवादी केन्द्रसँग भएको सहमतिअनुसार एमालेले प्रचण्डको नेतृत्वमा सरकार गठन गर्न सघाउनुपर्नेमा समेत जोड दिए ।
‘अहिलेको आवश्यकता भनेको राष्ट्रिय सहमतिको सरकार हो, त्यसमा प्रचण्डको नेतृत्वको आवश्यक छ’, उनले भने, ‘ एमालेले माओवादी केन्द्रसँग भएको सहमतिको पालना गर्नुपर्छ ।’
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अर्का हेडक्वाटर सदस्य नारायणकाजी श्रेष्ठले सरकारले ल्याएको बजेट सकारात्मक भएको बताए ।
पत्रकार सम्मेलनमा सिंचाईमन्त्री उमेश यादवको समेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण