माओवादीको आँखा मधेसतिर, पूरै हेडक्वार्टर टिम बर्दिबासमा
शनिबार, २२ जेठ २०७३, १२ : ०६
काठमाडौं– नेकपा माओवादी केन्द्रले मधेसलाई उच्च प्राथमिकता दिएर आफ्नो संगठन विस्तार अभियानलाई अघि बढाउने भएको छ । केहि साता पहिले विभिन्न १० माओवादी घटक मिलेर नेकपा माओवादी केन्द्रबनेसँगै उसले मधेसमा आफ्नो संगठन विस्तार अभियानलाई तीब्रता दिन लागेको हो ।
यसै सन्दर्भमा माओवादी केन्द्रले २ नम्बर प्रदेश अन्तर्गत महोत्तरीको बर्दिबासमा एकतापछिको पहिलो प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ ।
सो कार्यक्रममा सहभागि हुनको लागि केन्द्रका अध्यक्ष प्रचण्डसहित ९ जनाको हेर्डक्वाटर टीम बर्दिबासतर्फ लागेको छ ।
मधेस आन्दोलन अझैं चलिरहेको बेला आफ्नो प्रभाव जमाउने रणनीतिका साथ माओवादी केन्द्र लागिपरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण