राष्ट्रिय एकता अहिलेको आवश्यकताः प्रचण्ड
रामेछाप–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको कार्यान्वयन र पुनः निर्माणको लागि देशलाई राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन् । महोत्तरीको बर्दिबासमा आयोजित क्षेत्र नम्बर २ को प्रशिक्षण कार्यक्रममा सहभागि हुने क्रममा शनिबार रामेछापको सदरमुकाम मन्थली आइपुगेका प्रचण्डले संविधान कार्यान्वयन हुन नसके देशमा ठूलो राजनीतिक र कानूनी खतरा आउनसक्ने समेत बताए । दलहरुबीचको एकताविना संविधान कार्यान्वयन हुन नसक्ने भएकाले मधेसी दलहरुसहितको राष्ट्रिय सहमति र एकता अहिलेको ऐतिहासिक आवश्कता भएको उनको भनाई छ । अहिलेको अवस्था सरकार बनाउने गिराउने समय नभएको भन्दै राष्ट्रिय सरकार निर्माण गर्नुपर्नेमा प्रचण्डले जोड दिए । नाम छुटेको भूकम्पपीडितहरुलाई राहत दिलाउने कुरामा पनि आपूmले पहल गर्ने प्रचण्डले बताएका छन् । रामेछाप जिल्ला हुँदै निर्माण हुने उत्तर पश्चिम राजमर्ग निर्माणमा पनि पहल गर्ने प्रचण्डले प्रतिवद्धता जनाएका छन् । रामेछाप जिल्लाको विकास निर्माणको बारेमा आफ्ना ध्यानाकर्ष भएको भन्दै त्यसको लागि समेत पहल गर्ने प्रचण्डले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण