मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आफैँ उजुरी खोज्ने दौडधुपमा आयोग

शनिबार, २२ जेठ २०७३, १३ : १६
शनिबार, २२ जेठ २०७३

नुवाकोट–उल्लेख्य मात्रामा उजुरी नपरेपछि सत्य निरुपण तथा मेलमिलाप आयोग आफैँ उजुरी माग्ने र खोज्ने काममा जुटेको छ । द्धन्दकालमा भएका घटनाको बारेमा आयोगमार्फत् नै निरुपण गर्ने जनाएको आयोगले उजुरी गर्नेहरुको उत्साह नदेखिएपछि आफ्नै प्रयासमा र सक्रियतामा जिल्ला—जिल्लाबाट उजुरी लिन थालेको हो । विगतमा द्धन्दकालमा राज्यपक्ष र विद्रोहीपक्ष बीच भएका घटनामा यथार्थ छानवीन गरी कारवाहीका लागि सिफारिस गर्ने कार्यका लागि आयोगले नुवाकोटमा स्थानीय प्रशासन, नेपाल प्रहरी, नेपाली सेना, नागरिक समाज, मानवअधिकारकर्मी, सञ्चारकर्मी, सरोकारवाला निकाय लगायतका पक्षसँग सदरमुकाम विदुरमा छलफल गरी उजुरी आब्हान गरेको थियो । आयोगकी सदस्य मञ्चला झाले राज्य पक्ष र विद्रोही पक्ष बीच भएका महिला हिंसा, बलात्कार, मानवीय क्षति, पीडित पक्षले नपाएको क्षतिपूर्तिका बारेमा उजुरी दिन र पीडितलाई न्याय दिलाउनका लागि आयोग आफैँ लागिपरेको बताइन् । ‘पीडित पक्षलाई न्याय दिलाउनका लागि आयोग बनेको छ,’ उनले भनिन् ‘अपराध शास्त्र बढाउन आयोग बनेको होइन् ।’ जिल्लाका राज्य पक्षबाट पीडित भएकी एक महिलालाई आयोगसमक्ष गोप्य रुपमा उजुरी दिन आग्रह समेत गरिन् । राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरुले आयोगसँग आग्रह गर्दै निष्पक्ष आयोगले ढंगले काम गर्न सके पीडितले खाटो पसेको घाउ पुर्णरुपमा निको हुने बताए । घाउ बल्झाउने हो भने आयोगको भूमिका निरर्थक रहनेतर्फ दल, नागरिक समाज र द्धन्द्धका पीडितहरुले आग्रह गरे । आयोगकी सदस्य झाले काम गर्न भनेर आयोग सक्रिय रहेको बताइन् । साथै आयोगले काम गर्न सकेन भने पदबाटै राजिनामा दिने बताइन् । स्थानीय शान्ति समितिको कार्यालयमा भएको उक्त कार्यक्रममा दलका महिला नेतृहरुले बलात्कारका घटनामा पीडितले न्याय छिटो पाउनुपर्नेमा जोड दिए । आयोगमा बलात्कार, मानवअधिकार उल्लंघन, क्षतिपूर्ति लगायतका ५० भन्दा बढी उजुरी परेको छ । ‘कति र कस्ता प्रकारका अनि को–कसबाट उजुरी परेको छ भनेर त भन्न मिल्दैन,’ समितिका संयोजक बासुदेव कडुवालले भने, ‘उजुरी बढ्दो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका सहायक सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप