खडेरीको असर यार्सापाटनमा
डोल्पा –डोल्पामा बढ्दो खडेरीको प्रभाब हिमाली यार्सागुम्बा पाटनतिर समेत देखिएको छ ।खडेरीले नदीनाला मात्रै सुकेका छैनन् यीनका मुहानको रुपमा रहेका हिमालकै खोला नाला पनि सुक्न थालेका छन् । खडेरी बढ्दै गएपछि डोल्पाको भोक्पा,भाङ्का,सागबारी लगायतका यार्सागुम्बा पाटनमा रहेका खोलाहरु सुख्खा छन् । खडेरीकै कारण माझफाल गाविसमापर्ने रुपपानी,साईक्वारी,पोखेपानी लगायतका स्थानका खोलाहरु सुकेपछि खानेपानीको समस्या भएको स्थानिय विनोद कठायतले बताए । ‘पहिला यार्सापाटनहरुमा जताततै पानी हुन्थ्यो,बेलुकिपख यार्सा संकलन गरेर पालमा फर्कदा खोलामा पानीको वहाव बढेर पारगर्न कठिनहुन्थ्यो अहिले यि पाटनहरुका खोलाहरुमा पानी नै छैन’, कठायतले भने । हिमालकै खोला सुक्न थालेपछि त्रिपुराकोट,सुँ,पहाडा लगायतका गाविसमा पर्ने गल्लीखोला,छलखोला,खोर खोला,भेरी खोला लगायतका खोलाहरु पनि सुकेकाछन् ।
जिल्लाका बिभिन्न यार्सागुम्बा पाटनमा रहेका स—साना ताल तलैयाहरुपनि सुक्न थालेको यार्सासंकलकहरुले बताएका छन् । ‘अहिले अधिकासं पाटनमा हिँउपनि छैन् हिँउ गत बर्षतिर सेताम्य देखिने हिमालहरु अहिले काला पत्थरमात्र देखिने गरेकाछन्,’ एक यार्सासंकलक आईतराम सार्कीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण