दर्जनौं संघसंस्थाले बुझाएनन् बक्यौता, समाज कल्याण मौन
काठमाडौं– भृकुटीमण्डप क्षेत्रमा सञ्चालित दर्जनौं संघ संस्थाहरुले समाज कल्याण परिषद्लाई बुझाउनुपर्ने लाखौं बक्यौता रकम बिगत लामो समय देखी भुक्तानी नगरेको पाइएको छ । विगत २–३ बर्ष देखि ति सघसंस्थाहरुले तिनुपर्ने भाडाबापतको बक्यौता रकम नतिरेको भृकुटीमण्डप संचालन कार्यालयका एक कर्मचारीले बताए ।
लामो समयसम्म भाडा नतिरेका संघ संस्थाहरुलाई कुनै कार्वाहि गरिएको बारे आफूलाई जानकारी नभएको भन्दै कार्यालयका ती कर्मचारीले भाडा बापतको रकम उठाउन नसक्दा कार्यालयको आम्दानी समेत घटेको बताए । स्रोतका अनुसार पर्यटन बोर्ड, उपभोक्ता मंच लोकतान्त्रीक, सहिद तथा घाईते समाज, नेपाल नेत्रहिन संघ, नेपाल अपाङ्ग समाज सहकारी संस्था, नेपाल हृवलचीयर क्लब,राष्ट्रिय अपाङ्ग महासंघ, बालबालीकाको लागी गैरसरकारी महासंघ, राष्ट्रिय कोषको कार्यालय लगायतले परिषदको कार्यालयलाई बक्यौता रकम बुझाएका छैनन् । भृकुटीमण्डल संचालन कार्यालयका प्रमुख शिवकुमार बस्नेतले प्रर्यटन बोर्डले २०७२ फागुन मसान्त सम्ममा तिर्नुपर्ने १८ लाख एघार हजार नौं सय ५६ बक्यौता रकम तिरेको छैन । उनले अन्य संस्थागत कार्यालयहरुलाई बारम्बार ताकेता गर्दा पनि बक्यौता असुल गर्न नसकिएको बताए ।
भाडा नतिर्ने कार्यालय वा संघ संस्थाहरुको बिषयमा परिषदको कार्यसमितीको निर्णय, २०६६ अनुसार कुनैपनि संघ संस्था वा कार्यालयले तोकिएको समयमा रकम तिर्न आलटाल गरे कारबाही गर्ने व्यवस्था रहेको छ । तर, तीन वर्षसम्म बक्यौता नतिर्दा पनि कारबाही नभएको हो ।
समाज कल्याण परिषदको बोर्ड सदस्य तथा भृकुटीमण्डप सुधारका लागी गठित कार्यदलका संंयोजक निलमणी वरालले बोर्डमा बक्यौता नतिर्ने संघ सस्थाहरुको बिषयमा छलफल गरेर कार्वाहिको प्रकृयामा जाने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण