बालिका करणी गर्ने जेल चलान
शनिबार, २२ जेठ २०७३, १५ : १३
गुल्मी–नौ वर्षीया बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको ठहर गर्दै वामी गाविस– ७ का गम्बर सिहं छन्त्याललाई जिल्ला अदालत गुल्मीले पाँच वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश मातृकाप्रसाद मरासिनीको इजलासले छन्त्याललाई शुक्रबार उक्त सजाय तोकेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विरही मौर्यले जानकारी दिए । आरोपित छन्त्यालले २०७२ वैशाख ३० गते बालिकालाई जबरर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले छन्याललाई जेठ २४ गते गिरफ्तार गरी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि छन्त्याल पुर्पक्षको लागि जिल्ला कारागार गुल्मीमा चलान भएका थिए ।
अदालतले उनलाई पाँच वर्षका लागि जेल सजाय गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण