चुक्ता पुँजी बढाउने अभियानमा कृषि विकास बैंक : ५० प्रतिशत हकप्रद सेयर ल्याउने
शनिबार, २२ जेठ २०७३, १५ : ३२
काठमाडौं–कृषि विकास बैकले पनि चुक्ता पुँजी वढाउन सेयरधनीलाई २ कित्ता वरावर एक कित्ता सेयर विक्रि गर्ने भएको छ । बैंकले सेयरका साथै चालु आर्थिक वर्षको नाफावाट २० प्रतिशत वोनस समेत वितरण गर्ने भएको छ ।
बैंकको पुँजी वृद्धि योजना अनुसार आगामी आव ०७३÷०७४ मा पनि सेयर धनीलाई २० प्रतिशत वोनस वितरण गरेर चुक्ता पुँजी ८ अर्व रुपैयाँ पु¥याउने जनाइएको छ । नेपाल राष्ट्र बैंकको नीति अनुसार बैंकले आगामी वर्षभित्र चुक्ता पुँजी वढाउनै पर्ने वाध्यताका कारण हकप्रद सेयर निस्कासनको तयारी गरेको हो । चालु आवको चैत मसान्तसम्मा बैंकले एक अर्व ७७ करोड खुद नाफा गरेको छ । यो नाफा गत आवको सोही अवधीको तुलनामा २४ करोड वढी हो ।
चालु आवको चैतमसान्त सम्ममा बैंकले ८३ अर्व ५१ करोड रुपैयाँ निक्षेप संकलन गरि ७८ अर्व १० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधीमा बैकको पुँजी कोष १३.१९ प्रतिशत, निष्क्रिय कर्जा ४.८९ प्रतिशत, इक्विटीमा प्रतिफल १४.७० प्रतिशत छ । साथै बैंकको प्रतिसेयर आम्दानी ३१.२७ रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण