हिउँदमा ६ घण्टा लोडसेडिङ : उर्जामन्त्री
शनिबार, २२ जेठ २०७३, १६ : ४७
काठमाडौ– उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आगामी मंसिर महिनाबाट लोडसेडिङ ५ देखि ६ घण्टाभन्दा नबढ्ने दावी गरेका छन् । यो बर्षको बर्षामा २ घण्टा भन्दा बढी लोडसेडिङ हुने पनि उनको तर्क छ ।
‘यो वर्ष हाईड्रोपावरबाट १२५ मेघावाट भन्दा बढी विजुली उत्पादन हुने देखिदैन’, उनले भने, त्यसैले हामीले लोडसेडिङ न्यून गर्न विकल्पको लागि सोलार, विन्डपावर र थर्मल प्लान्टको विषयमा छलफल अघि बढाएका छौ ।’ उनले दुई बर्षमा लोडसेडिङ अन्त्य गर्ने गरी आफ्नो नेतृत्वमा दशौ वर्षदेखि अड्किएर रहेको ढल्केबर–मुर्जफरफुर प्रशारण लाईन निर्माण सम्पन्न भएको, ढल्केबर–खिम्ती र ढल्केबर–हेटौडा प्रशारण लाईनको काम तिब्र रुपमा अघि बढेको र विद्युत चुहावट नियन्त्रणकालागि समेत संयन्त्र अघि बढाईको वताए ।
डेभलपरले नै थर्मल प्लान्ट ल्याएर उर्जा उत्पादन गरेपछि त्यसको पीपीए गरेर खरिद गर्ने गरी छलफल भईरहेको भन्दै मनत्री रायमाझीले भने ‘त्यसबाट उत्पादित विजुलीको भार जनतालाई नपर्ने गरी डेडिकेटेड फिडरमार्फत वितरणहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण