एक खेल, ५२ पेनाल्टी : बन्यो नयाँ विश्व किर्तिमान (भिडियोसहित)
काठमाडौं – चेक रिपब्लिकको पाँचौं डिभिजनको खेलमा विश्वकै सबैभन्दा लामो पेनाल्टी सुटआउटको किर्तिमान बनेको छ । एसके बाटोभ १९०३ र एफसी फ्रिस्टाकबीचको खेलमा उक्त किर्तिमान बनेको हो ।
शुक्रबार भएको खेलमा दुई टोलीबीचको खेलको विजेता निर्धारण गर्न ५२ पटक पेनाल्टी हानियो । यो फुटबलको इतिहासमा सबैभन्दा लामो पेनाल्टी सुटआउट हो ।
चेक चिपब्लिकको दक्षिणपूर्वी क्षेत्रका यी दुई टोलीबीच क्षेत्रीय च्याम्पियनसिप अन्तरगतको खेल निर्धारित ९० मिनेटमा ३–३ को बराबरीमा सकिएपछि पेनाल्टीमा पुगेको थियो ।
५२ वटा पेनाल्टी प्रहारपछि बाटोभले खेल २२–२१ ले आफ्नो पक्षमा पार्यो । यसअघि ४८ वटा पेनाल्टी प्रहारको किर्तिमान थियो ।
पेनाल्टी सुटआउट ४–४, ११–११ र १४–१४ को स्थितिमा फ्रिस्टाकले खेल जित्ने अवसर थियो । तर, अन्त्यमा मिडफिल्डर जान ह्रेबाकाले निर्णायक पेनाल्टी मिस गरेपछि खेल हार्न पुग्यो ।
उक्त पेनाल्टी सुटआउटलाई एक समर्थकले युट्युवमा अपलोड समेत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण