सञ्जय साहकी श्रीमतीले भनिन्– राजेन्द्र महतोले लाशमाथि राजनीति गरिरहेका छन्
आइतबार, २३ जेठ २०७३, १२ : १०
काठमाडौं– जनकपुर बमकाण्डको अभियोगमा हिरासतमा रहेका निलम्बित सांसद सञ्जय साहकी श्रीमती रंगिलादेबी साहले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको कडा आलोचना गर्दै पदबाट राजीनामा दिएकी छन् । उनले आइतबार एक विज्ञप्ती सञ्चारमाध्यमहरुमा प्रेषित गर्दै मधेशी जनताको समान हकको संघर्षलाई महतोले स्वार्थपूर्ति गर्ने साधन बनाएको आरोप लगाएकी छन् । महतोकै बेइमानीले गर्दा मधेस आन्दोलन सफल हुन नसकेको भन्दै उनले महतो लास माथी राजनैती गर्ने प्रतिस्पर्धामा लागेको आरोप लगाएकी छन् । उनले महतोकै छलफलपटमा सञ्जय शाहलाई फसाउने काम भएको समेत दाबी गरेकी छन् । स्मरण रहोस् केहि दिनअघि मात्रै सद्भावना पार्टीले सञ्जय साहलाई पार्टीको वरिष्ठ उपाध्यक्षबाट हटाउँदै रंगिलालाई केन्द्रीय सदस्यमा नियुक्त गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण