प्रहरीलाई नै खैरो हिरोइन बेच्न खोज्ने तीन पूर्वलडाकू पक्राउ
काठमाडौं– ग्राहक बनेर गएका प्रहरीहरुलाईनै खैरो हिरोईन बेच्न खोजपछि माओवादीका तीन जना पूर्वलडाकु पक्राउ परेका छन् ।
महानगरीय प्रहरी वृत बालाजुले रुकुमका चुनबाङ–७ का जगत पुन, रोल्पा कोटगाउँका अक्त बहादुर घर्ति र रोल्पा गैरिगाउँका प्रवेश डिसीलाई पक्राउ गरेको हो ।
विषेश सूचनाका आधारमा खैरो हिरोइनको ग्राहक बनेर गएका प्रहरीले पुर्व लडाकुहरुलाई माछापोखरीमा फेला पारेका थिए ।
सोधपुछका क्रममा खैरो हिरोईन बोकेका जगत पुन भाग्न खोजेको र उनको साथबाट ६८ ग्राम अबैध लागू औषध बरामद गरिएको महानगरिय प्रहरी वृत बालाजुका डिएसपी संजिव शर्माले जानकारी दिए ।
जगत पुन अस्थायी शिवीरबाट स्वेच्छिक अवकास बापत पाँच लाख लिएर बाहिरिएको अनुसन्धानका क्रममा खुलेको डिएसपी शर्माले जानकारी दिए ।
अन्य दुई जना माओवादी युद्धमा लागेको तर प्रमाणीकरमा नपरेको पाईएको छ । उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ अनुसार मुद्धा दायर गरिएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण