३३ करोड ७९ लाखको वैदेशिक बचतपत्र खुल्यो, वार्षिक ९ प्रतिशत ब्याज
काठमाडौं–नेपाल राष्ट्र बैंकले आजवाट वैदेशिक रोजगार बचत पत्र जारी गरेको छ । आगामी असार २४ गतेसम्मको समय दिएर बचत पत्र खुला गरिएको राष्ट्र बैंकले जनाएको छ । आज जारी भएको वैदेशिक रोजगार बचतपत्र २०७८ ‘क’ रहेको जनाइएको छ । यसअअघि २०७७ र २०७८ जारी भएको थियो । ३३ करोड ७९ लाख रुपैयाँको वरावारको बचत पत्र जारी भएको जनाइएको छ । बचत पत्रमा लगानी गर्न चाहानेले बार्षिक ९ प्रतिशत व्याज पाउने छन् । ६÷६ महिनामा व्याज भुक्तानी पाउने र न्युतम ५ हजार देखी वढीमा कुल निष्काशित रकमको सिमा नवढाई ५ हजारले भागगर्दा निशेष भाग जाने अंकमा आवेदन दिन पाउने बैंकले जनाएको छ । यसका लागि राहदानी, कार्यरत मुलुकको भिषा, कार्यरत कम्पनीको परिचयपत्र, २ प्रति फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणको रुपमा विदेशी सटही रसिद लगायतका कागजात आवश्यक पर्नेपनि जनाइएको छ । वचत पत्रमा लगानी गर्न चाहानेले प्रभु, आइएमई, प्रभु मनिटान्सफर, सिटी मनि एक्सप्रेस, सेञ्चुरी कमर्सियल बैंक, सनराइज बैंक, सेवा रेमिट र सानिमा बैंकमा फारम भर्न सक्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण