यार्साबाट ७५ लाख स्थानीय कर
मुगु –यस वर्ष विभिन्न पाटनमा सङ्कलन गर्न पुगेका सङ्कलकबाट प्रवेश शुल्कबापत लगिएको शुल्कबाट रु ७५ लाख स्थानीय कर उठेको छ ।
सदा झैं यार्सा टिप्न जाने प्रवेशद्वार सिरानी चौरमा यही जेठ १० गतेदेखि जेठ १८ गते बिहानसम्म जम्मा भएका चार हजार ४६६ सङ्कलकबाट यार्सा सङ्कलन व्यवस्थापन समितिले उक्त कर उठाएको हो । यस वर्ष मुगु गाविस बाहेका जिल्लाका २३ गाविसका बासिन्दालाई प्रतिव्यक्ति प्रवेश शुल्क रु एक हजार ५०० र बाहिरी जिल्लाका सङ्कलकलाई रु दुई हजार शुल्क तोकिएको थियो । मुगु गाविसका सचिव रेशमबहादुर रावलका अनुसार यस वर्ष विगतका तुलनामा ७५ प्रतिशत सङ्कलक घटेको र यार्सा सङ्कलन गर्न दुई हजार छ सय ७२ जना जिल्लावासी र एक हजार सात सय ९४ जना बाहिरी जिल्लाबाट यार्सा सङ्कलन गर्न मुगु पुगेका थिए ।
सङ्कलित स्थानीय करमध्येबाट रु २२ लाख ५० हजार व्यवस्थापन खर्च भएको र त्यो खर्च घटाएर बाँकी हुन आएको रु ५३ लाख ४६ हजारलाई शतप्रतिशत मानी उक्त रकममध्ये २० प्रतिशत जिविस, ७५ प्रतिशत मुगु गाविस र पाँच प्रतिशत स्थानीय सहयोग समितिमा बाँडफाँट गरिएको सचिव रावलले बताए । सङ्कलकलाई आगामी असार १५ गतेसम्मका लागि सङ्कलन गर्न अनुमति दिइएको छ । विगत वर्षमा कर उठाएपछि सुरक्षा निकाय जिल्लामा फर्कँदा पाटनमा आपराधिक क्रियालाप बढेको, वन्यजन्तु चोरीसिकार हुने गरेको र पाटनमै यार्सा किनबेच हुँदा करोडौँको रकम लुटपाट भएकाले यस वर्ष जिल्ला प्रशासन कार्यालयको पहलमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र से फोक्सुन्डो राष्ट्रिय निकुन्जले ओगटेको मुगु जिल्लाको भूभागमा नेपाली सेना ठूलो मात्रामा असार १५ सम्म बस्ने गरी खटाइएको छ ।
चोरी सिकार, निकासी हुने हुम्ला, डोल्पा र तिब्बत नाकामा दुवै प्रहरीको संयुक्त टोलीले उपआधार शिविर खडा गरिएको, सिरानी चौरमा आधार शिविर राखी सुरक्षाको व्यवस्था मिलाइएको र सङ्कलनस्थल पाटनमा गस्ती बढाइएको प्रहरी नायब उपरीक्षक सोमबहादुर थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण