कुलामा प्लास्टिक ओछ्याएर खेतमा सिँचाइ
आइतबार, २३ जेठ २०७३, १६ : ३०
सिन्धुली – डुँडभन्ज्याङ– ८ च्याखुटारका किसानले कुलामा प्लास्टिक ओछ्याएर खेतमा सिँचाइ गरेका छन् ।
यस वर्षको लामो खडेरी र अहिलेसम्म त्यस क्षेत्रमा पानी नपर्दा किसानले खेतमा लगाएको मकै जोगाउन कुलामा प्लास्टिक ओछ्याएर सिँचाइ गरेका हुन् ।
ट्याउ खोलाको पानी ल्याएर लगाउनुपर्ने भए पनि थोरै पानी र कुलामा ल्याउँदा नआउने भएकाले खेतको मकै जोगाउन प्लास्टिक ओछ््याएरै भए पनि मकै मर्नबाट जोगाइएको स्थानीयवासी किसानले बताएका छन् । खोलाको मुहानदेखि करिब ६५ मिसम्म प्लास्टिक ओछ्याएर २६५ रोपनी जग्गामा लगाइएको मकैबालीमा किसानले सिँचाइ गरेको स्थानीयवासी शङ्कर बरालले बताउनुभयो ।
मकै घोगा लाग्ने समयमा खडेरीका कारण सुक्न लागेपछि सबैको भेलाले खेतधनीसँग पैसा उठाएर ६५ मि प्लास्टिकको सहायताले मकैबालीमा सिँचाइ गरिएको उहाँको भनाइ छ । खडेरीले खाएर पहेँलो हुन लागेको मकै अहिले हरियाली भएको तथा राम्रो उत्पादन हुने अवस्थामा रहेको किसान बताउँछन् ।
कृषि विकास कार्यालय सिन्धुलीका प्रमुख होमराज विष्टले रु एक लाख ५० हजारको लागतमा निमार्ण हुने भए आफूले त्यस क्षेत्रमा पाइप दिन सहयोग गरिने बताउनुभयो । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण