अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न प्रधानमन्त्री अस्पतालमा
आइतबार, २३ जेठ २०७३, १६ : ३४
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ सङ्गीतकार अम्बर गुरुङको स्वास्थ्यस्थिति बुझ्न आज धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पुगेका छन् ।
अपराह्न अस्पताल पुगेका उनले त्यहाँ गुरुङका परिवारजन र उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्यस्थितिबारे जानकारी लिएका थिए । प्रधानमन्त्री ओलीले सङ्गीतकार गुरुङलाई सरकारले जतिसक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गुरुङका सहयोगी रतन चन्दले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीले त्यहाँ करिब २० मिनेट बिताएका थिए । अन्ननलीमा समस्या, श्वासप्रश्वासमा जटिलता, मधुमेह तथा उच्च रक्तचाप लगायत समस्याले ग्रसित गुरुङ एक सातादेखि ग्रान्डी अस्पतालमा उपचाररत छन्। भेन्टिलेटरमा राखी उपचार भइरहेको उनको स्वास्थ्यस्थिति शुक्रबार बिहान गम्भीर भए पनि शनिबार सामान्य सुधार आएको थियो ।
गुरुङसँग निकट भएर ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा रहनुभएका चन्दले उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै भने – “अहिले उहाँको स्वास्थ्यस्थिति हिजो(शनिबार)कै जस्तो सामान्य छ ।”
गुरुङ गए राति १ः३० बजे एक्कासि बेहोस भएपछि कृत्रिम श्वासप्रश्वास दिएर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण