अडानको अध्यक्षमा पुनः रेग्मी
आइतबार, २३ जेठ २०७३, १५ : ५५
काठमाडौं–लेखाव्यवसायीहरुको पेशागत छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को अध्यक्षमा पुनः मोहनराज रेग्मी निर्वाचित भउका छन् । चौथो राष्ट्रिय अधिवेशन अन्र्तगत आईतबार सम्पन्न निर्वाचनमा अध्यक्षका उम्मेदवार मोहनराज रेग्मीले २७५ मत प्राप्त गरी विजयी भउका हुन् । उनका प्रतिद्वन्द्वी मोहन सुवेदीले ७२ मत प्राप्त गरेका छन् ।
एसोसिएशनको ६८ सदस्यीय केन्द्रीय कार्य समितिको वरिष्ठ उपाध्यक्षमा सुर्यप्रसाद अधिकारी र प्रथम उपाध्यक्षमा कृष्ण पौडेल निर्विरोध निर्वाचित भएका छन् । यस्तै प्रदेश नं. १ बाट प्रकाशनारायण चौधरी, २ बाट बद्रि भट्टराई, ३ बाट केदारनाथ पौडेल, उपत्यकाबाट दिनकरमानसिंह प्रधान, ४ बाट केशबहादुर केसी, ५ बाट अव्दुल करिम खाँ, ६ बाट हिमालय खत्री र प्रदेश नम्वर ७ बाट कर्णबहादुर खडायत उपाध्यक्षमा निर्वाचित एका छन् ।
यस्तै महासचिवमा डोलप्रसाद दाहाल, उपमहासचिवमा मिरा श्रेष्ठ र झलकमणि लम्साल, ८ वटा सचिव पदमा गणेशराज राई, बलराम चौधरी, जयाकुमारी झा, सावित्री शर्मा, पोषराज नेपाल, गोबिन्दराज रेग्मी, भरतकुमार श्रेष्ठ, राजेन्द्र ढुंगाना निर्वाचित भएभने कोषाध्यक्षमा केशव आचार्य र सहकोषाध्यक्ष प्रदिप यादव निर्विरोध निर्वाचित भएका छन् ।
महाधिवेशनले लेखापरीक्षकहरुका सबैखाले विभेदहरु अन्त्य गर्न माग गर्दै १७ बुँदे काठमाडौं घोषणपत्र पनि जारी गरेको छ । घोषणापत्रमा “एक व्यक्ति एक पेशा” लागु गर्न समय पर सार्न, रजिष्टर्ड लेखापरीक्षक पनि नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाको अध्यक्ष, उपाध्यक्ष हुन पाउने र नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्थाका सबै सदस्यहरुले सबै पार्षदहरुलाइ मतहाल्नुपर्ने गरी कानुन संशोधन गर्न, लेखापरिक्षकलाई मतियारको रुपमा गरेको व्याख्या हटाउनलगायतका माग उठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली भुटानी शरणार्थी प्रकरणमा यी प्रतिवादीलाई सर्वाधिक ४ वर्ष जेल
-
ठगी आरोपमा सौर्य सहकारीका सञ्चालक पक्राउ
-
बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा १ वर्ष जेल सजाय
-
नेपाल टेलिकमका पूर्वप्रबन्धक सुनिल पौडेल दोषी ठहर, साढे २ वर्ष कैद सजाय
-
टेकनाथ रिजाललाई नक्कली भुटानी शरणार्थी प्रकरणमा दुई वर्ष जेल सजाय
-
पूर्वगृहसचिव टेकनारायण पाण्डेलाई ४ वर्ष कैद सजाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण