आयो नयाँ शक्ति ! (हेर्नुहोस् २१ तस्विर)
काठमाडौँ - नयाँ शक्ति नेपालले पार्टी स्थापनाको औपचारिक घोषणा गरेको छ ।
स्थानीय दशरथ रङ्गशालामा आयोजित एक समारोहका बीच नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराईले पार्टी सदस्यलाई सपथ खुवाउँदै नयाँ शक्ति घोषणा गरेका हुन् ।
पार्टी घोषणा कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा, राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता सुनिलबहादुर थापा तथा भारत, चीन, बङ्गलादेश सहित विभिन्न अन्तर्राष्ट्रिय निकाय प्रतिनिधिको सहभागिता छ ।
त्यसैगरी नागरिक समाज, मानवअधिकारकर्मी, व्यवसायी, पत्रकार आदिको पनि उपस्थिति छ । उद्घाटनअघि विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिएको थियो । माओवादी केन्द्रका नेता महरा, नागरिक समाजका अगुवा डा सुन्दरमणि दीक्षित, नयाँ शक्तिका रामचन्द्र झा लगायतले सम्बोधन गर्दै नयाँ शक्तिले देशको आर्थिक समृद्धिको पक्षमा काम गर्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षाले गण्डकी प्रदेशका ४ सडक अवरुद्ध
-
सूर्यविनायक–धुलिखेल सडक विस्तार : पहिलो खण्डमा ७३ प्रतिशत प्रगति
-
मधेस प्रदेशका गृहमन्त्रीको काम स्टन्टमै सीमितः फेरि जनकपुरको फुटपाथ र सडकपेटी अतिक्रमण
-
नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक
-
जलबिरेमा पनि खस्यो पहिरो, मुग्लिन–नारायणगढ सडक पूर्णरूपमा बन्द
-
माझीटार बस्ती जोगाउन तटबन्ध निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण