भीसी कपको उपाधि एफसी केन्टको कब्जामा
लण्डन - भिसिकप (भिक्टोरीया क्रस) २०१६ को उपाधि केन्ट एफसीले हात पारेको छ । फेल्थाम परिसरको खेलमैदानमा भएको खेलमा भेटरेन (३८ वर्ष माथिका) तर्फबाट ६ समुह विच प्रतिस्पर्धा भएको थियो । उक्त लिग खेलको फाईनल खेलमा ईलाम एफसी र केन्ट यफसीले प्रतिष्पर्धा गरेका थिए । सो फाईनल खेलमा एफसी केन्टले ईलाम एफसीलाई ३-0 बिरुद्धले पराजित गर्दै भिसी कपको उपाधी हात पारेको हो । प्रतियोगिताको सर्वाधिक उत्कृष्ट खेलाडी केन्ट यफसी भेटरेनका छबी चोङ्बाङ म्यान अफ दि म्याच र सर्वाधिक बढि गोल गदै सोहि क्लवका लोक प्रसाद चेम्जोङ घोषित भएका छन् ।
केन्ट यफसीले स्थापना काल देखिनै बेलायतमा हुने भेटेरन तर्फका कपहरु हात पारी रहेका छन, बेलायतमा हरेक बर्ष हुने चर्चित फुटबलखेल अन्तर्गत १४औ गोर्खा कप प्रतियोगिताको उपाधी पनि जितेका थिए । विभिन्न कारणले उपस्थित हुने नसकेका केन्ट यफसीका खेलाडिहरु नेत्र राई, दिनेश लिम्बु, बेद सुनुवार लगायतले सामाजिक संन्जाल मार्फत वधाई तथा शुभकामना दिईएको केन्ट यफसीका प्रबन्धक लोक चेम्जोङले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिनी क्यासिनो बन्द हुने अवस्था, ५ हजार श्रमिकको रोजगारी संकटमा
-
शङ्कास्पद गाडी पार्किङको विषय संसदीय समितिमा उठ्यो
-
‘नक्कली जरिवाना’ भाइरल भएपछि विभागले दियो कारबाहीको चेतावनी
-
एसिया प्यासिफिक जेरियाट्रिक्स नेटवर्कको अध्यक्षमा डा. जगदीशकुमार क्षेत्री
-
पहिरोको जोखिमपछि हेटौँडामै रोकिए काठमाडौँ जाने सवारीसाधन
-
ऊर्जामा निजी क्षेत्रका समस्या सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण