दीपक र सारिकाको ‘तिमीलाई सम्झी रुँदा’ (भिडियोसहित)
आइतबार, ०७ माघ २०७४, १७ : ३६
काठमाडौं – लोक दोहोरी गायन र मोडलिङ दुबै विधामा आफूलाई अब्बल साबित गर्दै आएका प्रतिभा हुन् दीपक धमला । यी नै दीपकको संगीत रहेको अर्काे लोकदोहोरी गीत ‘तिमिलाई सम्झी रुदा’ सार्वजनिक भएको छ ।
आकर्षक म्युजिक भिडियो सहित सार्वजनिक गीतमा राजन बस्नेतको शब्द रहेको छ । गीतमा अहिले चलेका गायक गायिका राजन बस्नेत र मुना थापा मगरले स्वर दिएका छन् ।
भिडियोमा दीपक र मोडल सारिका केसीको अभिनय देख्न सकिन्छ । ट्रयाजेटिभ थिम उठाइएको भिडियोको छायाँकन, सम्पादन र ,निर्देशन दिपेन्द्र भट्टले गरेका हुन् । म्युजिक नेपालको युट्युव च्यानलबाट सार्वजनिक भिडियाे दर्शकको रोजाइमा पर्न सफल भएकाे छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण