दीपाको रुपमा लोभिए हरिबंश
आइतबार, ०७ माघ २०७४, १८ : ३९
काठमाडौं – प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’लाई दर्शकले रुचाएका छन् । केही साता अगाडि सार्वजनिक यो गीतलाई अहिले सम्म ५ पचास लाख बढीले हेरेका छन् ।
गीतको भिडियोमा हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, पल शाह, आँचल शर्मा, प्रियंका कार्की लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । राम्रा कलाकारको अभिनय रहेकोले पनि गीत दर्शकको रोजाइमा पर्न सफल भएको हो ।
गीतमा शब्द लोकराज अधिकारी र संगीत टंक बुढाथोकीको रहेको छ । गीतलाई टंकले मीना निरौलासँग संयुक्त रुपमा गाएका छन् भने कोरियोग्राफी कविराज गहतराजको रहेको छ ।
तराई र काठमाडौंमा छायाँकन गरिएको चलचित्र दर्शकले ९ चैत्रमा हेर्न पाउँनेछन् । चलचित्रले तराइको बिषयबस्तु उठाएको छ । मह सञ्चारले निर्माण गरेको यो चलचित्रका प्रस्तुतकर्ता हाँस्यकलाकार किरण केसी हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण