भिक्षु धम्म भुटान जाने
काठमाडौँ–विश्व युवा भिक्षु सङ्घ नेपालका अध्यक्ष भिक्षु तपस्सी धम्म ‘बौद्धहरुको बज्रयानी सम्प्रदायसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा’ सहभागी हुन बिहीबार भुटान जानु हुने भएको छ ।
यही असार १७ देखि १९ गतेसम्म भुटानको राजधानी थिम्पुमा हुने उक्त सम्मेलनमा विश्वका विभिन्न ३० राष्ट्रका बौद्ध धर्मावलम्बी सहभागी हुनेछन् ।
सहभागी राष्ट्रका प्रतिनिधिले सम्बन्धित मुलुकका बारेमा भए÷गरेका बौद्ध गतिविधिबारे छलफल गर्नेछन् । त्यसैगरी, बौद्ध विद्वानले कार्यपत्र प्रस्तुत गर्नेछन् । बौद्ध दर्शनअन्तर्गत थेरवाद, महायान र बज्रयान सम्प्रदायका धर्मावलम्बीको समेत सम्मेलनमा सहभागिता रहने भिक्षु धम्मले जानकारी दिए । चावहिलस्थित ऐतिहासिक चारुमती बौद्ध विहारका संरक्षकसमेत रहेका भिक्षु धम्मले नेपालमा बौद्ध धर्मावलम्बीको अवस्थाका बारेमा सहभागी राष्ट्रका प्रतिनिधिलाई जानकारी गराउनेछन् । भिक्षु धम्मले राष्ट्र तथा अन्तर्राष्ट्रिय तहमा बौद्ध दर्शन, साहित्यको प्रवद्र्धनका लागि विभिन्न गतिविधि तथा कार्यक्रम गर्दै आएका छन् । उनी यही असार २० गते स्वदेश फर्कने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
-
बेलायती पूर्वमन्त्री एन विडिकोम्ब मृत फेला, हत्या आशंकामा २६ वर्षीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण