बालाजुमा अनौठो क्लिनिक भेटियो, एक दर्जन ‘नक्कली डाक्टर’को नाम राखेर प्रचार
काठमाडौं– राजधानीको बालाजुमा १० वर्षदेखि नविकरणनै नगरी अवैधरुपमा स्वास्थ्य क्लिनिक सञ्चालन गरिँदै आएको पाइएको छ ।
बालाजु भेगको चर्चित स्वास्थ्य क्लिनिक मानिने ‘बालाजु स्वास्थ्य क्लिनिक’ले १० वर्षदेखि नविकरण बिनै सेवा दिँदै आएको पाइनुका साथै अनाधिकृत ढंगले दर्जनबढी डाक्टरको नाम टाँस गरी क्लिनिकको प्रचार गरेको पाइएको छ ।
आपूर्ति मन्त्रालय, आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, जिल्ला प्रशासन कार्यालय र औषधि व्यवस्था विभागको संयुक्त टोलीले बिहिबार सो क्लिनकमा गरेको अनुगमनका क्रममा गलत प्रचार र विना दर्ता नै क्लिनिन सञ्चालन गरेर उपभोक्ता ठगिरहेको पाइएको हो ।
उपभोक्त हित संरक्षण विभागका अनुगमन अधिकृत श्रीप्रसाद अधिकारीले अनुगमनका क्रममा स्वास्थ्य क्लिनिकले कुनै पनि मापदण्ड पूरा नगरेको बताए ।
‘क्लिनिकले विभिन्न डाक्टरहरुको नाम प्रचार गरेर विरामी तान्ने गरेको पाइयो, तर २०६३ सालमा अस्पताल सञ्चालनका लागि अनुमति लिनु बाहेक अहिलेसम्म नविकरण समेत नगरेको पाइयो’, उनले भने ।
यस्तै क्लिनिकले औषधिमा चर्को असुल गर्ने गरेको, फिजियो थेरापी, एक्से, भिडियो एक्सेरे जस्ता जाँचमा मनपरी शुल्क असुल्ने गरेको र विभिन्न बहानामा अतिरिक्त शुल्क असुल्ने गरेको पाइएको अुनगमनबाट खुलासा भएको छ ।
क्लिनिक सञ्चालिका सरस्वती बुढाथोकीले केहि कमजोरी भएको स्वीकार गरिन् । तर, आफूले उपचारमा भने कुनै कमजोरी नगरेको दाबी गरिन् ।
एक दर्जन डाक्टरहरुको नाम राखेर गरिएको प्रचारबारे भने उनले पहिले उनीहरुसँग सम्झौता गरेको तर अहिले भने सम्झौता सकिएपनि बोर्डमा भएको नाम भने हटाउन नभ्याइएको दाबी गरिन् ।
अनुमगमन टोलीले क्लिनिक मापदण्डविपरित सञ्चालन भएको ठहरसहित सिलबन्दी गर्दै तीन दिनभित्र आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण