व्यवसायिक बाख्रा पालनतर्फ किसानहरुको आकर्षण बढ्दै
बिहीबार, २३ असार २०७३, १६ : ०२
सल्यान–सल्यानमा व्यवसायीक बाख्रपालन तर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानहरु अहिले व्यवसायीक रुपमा बाख्रापालनमा लागेका हुन् । प्रत्येक घरमा ४÷५ वटा बाख्रा पालन गर्दै आइरहेका सल्यानीहरुले पछिल्लो समय फर्म नै दर्ता गरी व्यवसायिक रुपमा लागेका हुन् । थोरै लगानीबाट पनि मनग्य आन्दानी हुने भएपछि किसानहरु व्यवसायिक रुपमा लागेका हुन् । जिल्ला पशु सेवा कार्यालय मार्फत सञ्चालन गरिएको युवा लक्षित कार्यक्रम अन्तर्गत अनुदानको व्यवस्थाले पनि किसानहरुको आकर्षण बढाएको जिल्ला पशु सेवा कार्यालय सल्यानका पशु बिकास अधिकृत सुबर्ण सिङं ठकुरीले बताए । सल्यानमा बाख्रापालन ब्यवसाय राम्रो सँग गर्न सकिने भन्दै उनले जंगल नजिक भएकाले घाँस र चरणको पनि समस्या नपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण