धावनमार्गमा गुडिरहेका बेला निगमको जहाजमा चरा ठोक्किएपछि...
काठमाडौँ – चरा ठोक्किएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज मर्मतका लागि करिब एक साता लाग्ने भएको छ । त्रिभुवन विमानस्थलमा बिहान १०ः५ बजे उक्त जहाज हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रुपमा रोकिएको थियो । जहाजमा ५८ यात्रु र आठ जना चालक दलका सदस्य थिए । विमानमा सवार सबै सकुशल रहेको निगमले जनाएको छ । चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या आएकाले मर्मतका लागि झन्डै एक साता लाग्ने अनुमान गरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए । जहाज ग्राउन्डेड भएपछि अन्य जहाजबाट यात्रुलाई हङकङ उडाइएको उनले बताए । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयर बस ए ३२०, २०० र दुई बोइङ ७५७ जहाज छन् । सोमध्ये एउटा बोइङ एउटा इन्जिन बनाउनै नमिल्ने गरी बिग्रिएपछि ग्राउन्डेड अवस्थामा छ । निगमले तीन जहाजबाट तालिका बनाएर अन्तर्राष्ट्रिय उडान उडान भरिरहेको थियो । निगमले अहिले पाँच देशका सात गन्तव्य क्रमशः भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, बैंकक, हङकङ, दोहा र मलेसियामा उडान भर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण