अमेरिकी पुलिसद्वारा अश्वेत व्यक्तिमाथि गोली प्रहार, मर्नुभन्दा पहिलेको भिडियो प्रेमिकाद्वारा सार्वजनिक
मिनियापोलिसका पुलिस अधिकारीले एक अश्वेत नागरिकलाई बुधबार ट्राफिक स्टपमा गोली हानी हत्या गरेका छन् । मृतककी प्रेमिकाले उक्त घटनाको फुटेज फेसबुकमा पोष्ट गरेकी छिन् ।
‘बिना कारण कोही मानिसलाई गोली हान्ने अधिकार कसैलाई पनि छैन । पुलिसलाई समेत,’ डायमण्ड रेनोल्ड, मृतक फिलान्डो क्यासटाइलकी प्रेमिकाले पत्रकारहरुलाई बताइन् ।
उनका अनुसार क्यास्टाइललाई उनी र उनीहरुका ४ वर्षीया छोरीको सामुन्ने गाडीको पछाडिको लाइट भाँच्चिएको भन्दै पुलिसले गोली हानेका थिए ।
मिनेसोटाका गर्भनर मार्क डेटनले सरकारले यसविषयमा छानबिन सुरु गरिसकेको छ । ‘यस्तो प्रकारको व्यवहार स्विकार्य छैन,’ डेटनले भने । दर्जनौंको संख्यामा प्रदर्शनकारीहरुले सेन्ट पलस्थित गर्भनरको घर अगाडि गएर घटनाको छानबिन हुनुपर्ने र दोषीलाई कारवाही हुनुपर्ने माग गरिरहेका थिए ।
फर्गुसन, मिसौरीदेखि बाल्टिमोर र न्यूयोर्कमा अफ्रिकन–अमेरिकन विरुद्ध पुुलिसहरुको हातपात कहिले काँही समाचारमा आउने गर्दथ्यो । तर यो घटना निकै भिन्न छ किनभने फेसुबकमा यस घटनाको १० मिनेटको भिडियो राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण