बहिनीको सम्बन्धविच्छेदको विषयमा चिन्तित छन् सलमान
बलिउडका ‘सुल्तान’ सलमान खानले बनाएको बहिनी श्वेता रोहिरा र उनका श्रीमान पुलकित सम्राटको सम्बन्धविच्छेद लम्बिरहेका कारण चिन्तित छन् । श्वेता र पुलकित एक वर्ष पहिले नै एक अर्काबाट छुटिइसकेका छन् ।
खबरलाई मान्ने हो भने सलमान आजकाल आफ्नी बहिनीको सम्बन्धविच्छेदको मिती तन्किरहेका कारण चिन्तित छन् । टाइम्स अफ इन्डियाका अनुसार सलमानले केही दिन पहिले आफ्नी बहिनी श्वेतासँग यसबारे लामो कुराकानी गरेका थिए ।
पुलकितलाई सम्बन्धविच्छेदको मिती लम्बिरहेको बारे प्रश्न सोध्दा उनले आफ्ना थुप्रै फिल्महरु रिलिज हुन लागेको र आफ्नो कानुनी प्रक्रियाका लागि उनीसँग समय नभएको बताए । आफूसँग समय हुने बित्तिकै सम्बन्धविच्छेद फाइल गरिदिने उनले बताए ।
श्वेता र रोहिराले सन् २०१४ मा विवाह गरेका थिए । उनीहरुको सम्बन्धविच्छेदको पछाडि पुलकितको अर्की महिलासँगको सम्बन्ध भएको बताइएको छ । खबरका अनुसार श्वेताको गर्भपतनपछि पुलकित यामी गौतमसँग डेट गर्न सुरु गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा पर्यटनतर्फको झन्डै ८० प्रतिशत बजेट मठ–मन्दिर, कुल देउता, देवी र माताका थानमा
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्चाउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण