१६ करोडमा निर्माण भएको इञ्जिनियरिङ कलेज अझै सञ्चालन हुन सकेन
शुक्रबार, २४ असार २०७३, ०६ : २०
झापा - चार वर्षअघि रु १६ करोडको लागतमा निर्माण भएको बिर्तामोडस्थित इञ्जिनियरिङ कलेज अझै सञ्चालनमा आउन सकेको छैन ।
टेकबहादुर गिरी बसपार्क नजिकै एक बिगाह तीन कट्ठा क्षेत्रफलमा निर्माण भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडिज प्रालि पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन नदिएकै कारण सञ्चालनमा आउन नसकेको हो ।
कलेजको भौतिक पूर्वाधार निर्माण कार्य २०७० सालमै पूरा भइसकेको छ । करिब रु १६ करोडको लागतमा निर्माण भएको कलेजमा ३६ वटा कोठा रहेका छन् ।
शैक्षिक सत्र २०६९÷७० देखि पठनपाठन सुरु गर्ने लक्ष्यअनुसार पूर्वाधार निर्माण भए पनि सम्बन्धन नपाउँदा कलेजको भौतिक संरचना अलपत्र भएको कलेजका संस्थापक अध्यक्ष युवराज प्रसाईंले बताए ।
दशजोड दुई पास गरेका विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले सिभिल, कम्प्युटर र इलेक्ट्रोनिक इञ्जिनियरिङ तीनवटै विधाको अध्ययन अध्यापन गराउने लक्ष्यले कलेज स्थापना गरिएको प्रसाईंले बताए । ‘हामीले २०७० भदौदेखि भर्ना लिएर मङ्सिरबाट कक्षा सञ्चालन गर्ने गरी द्रुत गतिमा भौतिक पूर्वाधार निर्माण ग¥यौँ’, उनले भने – ‘विश्वविद्यालयको आन्तरिक समस्याका कारण सम्बन्धन दिने काम बन्द गर्दा हामी मारमा परेका छौँ ।’
‘शैक्षिक क्षेत्रमा विदेशिएको पैसा रोक्न र विद्यार्थीलाई सहज रुपमा पठनपाठन गराउन कलेज सञ्चालन गर्न लागेका हौँ’, प्रसाईंले भने– ‘आन्तरिक समस्याले विश्वविद्यालयले सम्बन्धन रोक्दा हाम्रो लगानी बालुवामा पानीसरह भयो ।’ कलेज सञ्चालनमा ढिलाइ हुँदा भौतिक संरचना बिग्रन थालेको उनको भनाइ छ ।
विश्वविद्यालयले सम्बन्धन नदिएसम्म सञ्चालन गर्न नमिल्ने प्रस्ट्याउँदै उनले भने, ‘करोडौँको लगानीमा मेची अञ्चलमै पहिलोपटक इञ्जिनियरिङ कलेज सञ्चालन गर्ने हाम्रो योजना अलपत्र बन्यो ।’
इञ्जिनियरिङ काउन्सिलले दुई वर्षअघि नै सञ्चालनका लागि स्वीकृति दिए पनि पूर्वाञ्चल विश्वविद्यालयले सम्बन्धन नदिँदा कलेजको सञ्चालनमा आउन नसकेको हो ।
कलेज सञ्चालनमा आए झापालगायत इलाम, पाँचथर, ताप्लेजुङलगायत क्षेत्रका विद्यार्थीले सहजरुपमा पठनपाठन गर्न पाउने सञ्चालकहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेनजी आन्दोलनबारे मानवअधिकार आयोग प्रतिवेदनको १७७ नम्बर बुँदा सच्चाउन एमालेको निवेदन (पूर्णपाठ)
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण