ब्याचलरसमेत पास नगरेका बलिउड स्टार
शुक्रबार, २४ असार २०७३, १५ : ४२
ऐश्वर्या रायः
निलो आँखाले सबैलाई मन्त्रमुग्ध पार्न सफल बलिउडकी निकै सफल नायिका ऐश्वर्या राय आफ्नो पढाईमा भने त्यति सफल हुन सकिनन् । सन् १९९४ मा विश्व सुन्दरी बनेपछि उनले आफ्नो पढाई छाडेकी थिइन् । बलिउडले उनको थुप्रै सपना साकार गरिदिएपनि आर्किटेक्ट बन्ने सपना भने खोसेको छ ।
सलमान खानः
बलिउडका ‘सुल्तान’ सलमान खानले नेशनल कलेज बान्द्रामा आफ्नो पढाई सुरु गरेपनि उनको बलिउड यात्राले पढाई अधुरो बनाइदियो ।
दीपिका पादुकोणः
मोडलिङमा आफ्नो करियर स्थापित गर्नका लागि दीपिका पादुकोणले आफ्नो माउन्ट कारमेलको पढाई बिचमै स्थगित गर्नुपर्यो । पछि उनले इग्नूमा शर्ट टर्म कोर्सको लागि आवेदन दिइन् तर यसलाई पनि उनले बिचमा नै छोडिदिइन् ।
करिना कपूरः
रिफ्युजी फिल्ममा काम पाएपछि करिना कपूरको वकिल बन्ने सपना तुहियो । वकिल बन्नका लागि उनले मिठीबाई कलेजमा भर्ना पनि गरेकी थिइन् तर फिल्मी क्षेत्रमा हात हालेपछि उनी निकै व्यस्त भइन् र पढाईलाई निरन्तरता दिन सकिनन् ।
सोनम कपूरः
सोनम कपूरले १२ कक्षासम्म मात्र पढेकी छिन् । आफूले थोरै पढेकोमा उनलाई पछुतो छ र त उनले एक अन्तर्वार्तामा चाँडै नै ब्याचलर पास गर्ने बताएकी छिन् ।
अक्षय कुमारः
मार्सल आर्ट सिक्नका लागि अक्षय कुमारले आफ्नो शिक्षालाई थाती राखे । र पछि त्यही मार्सल आर्टले उनलाई बलिउडमा पाइला राख्न सहयोग गर्यो ।
करिष्मा कपूरः
१६ वर्षमा बलिउड यात्रा तय गरेकी करिष्मा कपूरले स्कूलको पढाई नै पूरा गरेकी छैनन् ।
व्यस्तताले उनको पढाईलाई निरन्तरता दिनबाट रोक्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण