उपचार गराएर फर्कने क्रममा भीरबाट लडेर महिलाको मृत्यु
शुक्रबार, २४ असार २०७३, १७ : १०
पाल्पा - भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सदरमुकाम तानसेनबाट रामपुरतर्फ आउँदै गर्दा बिर्कोट गाविसको सेफत भिरबाट लडेर आज स्याङ्जा जिल्ला साँखर गाविसकी ५० वर्षीया दुर्गादेवी ढकालको मृत्यु भएको हो ।
तानसेन मिसन अस्पतालमा उपचार गरी घर फर्र्कने क्रममा ढकाल भिरबाट करिब चार सय मिटर तल खसेको उनका आफन्त रेशम कँडेलले जानकारी दिए ।
पहिरोका कारण उक्त सडक अवरुद्ध भएपछि ढकाल पैदल हिँडेर आउन खोज्दा भिरबाट खस्न पुगेको बताइएको छ । उनको शव परीक्षणका लागि रामपुर अस्पताल ल्याइँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण