टर्कीमा सैनिक ‘कु’ प्रयासपछि भएको झडपमा एक सय एकसठ्ठी जनाको मृत्यु, चौध सयभन्दा बढी घाइते
अंकरा (टर्की)- टर्कीका प्रधानमन्त्री विनाली यिल्दिरिमले मुलुकमा भएको सैनिक विद्रोह ‘कु’ को प्रयास हुँदा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या १६१ पुगेको शनिबारबताए । घटनामा एक हजार ४४० जना घाइते भएका छन् भने सरकारले दुई हजार ८३९ सैनिक अधिकारीलाई विद्रोहमा संलग्नता रहेको आरोपमा सुरक्षा नियन्त्रणमा लिएको प्रधानमन्त्री यिल्दिरिमलेबताए । विद्रोह प्रयासमा संलग्न दुई हजार ८३९ सेनालाई नियन्त्रणमा लिइएको छ भने थप केही सेनालाई विद्रोह प्रयासमा सघाएको आरोपमा सुरक्षा नियन्त्रणमा लिने क्रम अझै जारी छ । यसैबीच शुक्रबारकोे ‘कु’ प्रयास नियन्त्रणभित्र आइसकेको बताउँदै यस घटनाबारे छलफलका लागि शनिबार दिउँसो आकस्मिक रुपमा संसदीय बैठक बोलाइएको छ । प्रधानमन्त्रीले इस्लामिक धर्मनेता फेतुल्लाह गुलेनलाई सहयोग गर्ने कुनै पनि मुलुक टर्कीको असल मित्र हुन नसक्ने बताउनुभएको छ । गुलेनका समर्थकले सैनिक विद्रोह गराउने प्रयास गरेको टर्कीका सरकारी अधिकारीले बताएका छन् । गुलेन संयुक्त राज्य अमेरिकामा आफ्नै इच्छाले केही वर्षदेखि निर्वासनमा रहँदै आउनुभएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण