भोटेकोसीले थप तीन घर बगायो
आइतबार, ०२ साउन २०७३, २२ : ५३
चौतारा – भोटेकोसी नदीले थप तीन घर बगाएको छ । नदी कटानले शनिबार र आज गरी तातोपानी गाविस–३ कोप्लाङ गाउँका थप तीन घर बगाएको हो ।
दुई दिनदेखिको लगातारको वर्षा र नदी कटानले करिब २०० मि माथि रहेको चौकीडाँडासमेत खतरामा परेको सीमा प्रहरी कार्यालय कोदारीका प्रहरी निरीक्षक खुमलाल भुसालले बताए ।
तातोपानीको दश किलोदेखि दुई किमी क्षेत्रमा रहेको लिपिङ बजारसम्म एक सातादेखिनै मानव शून्य भइसकेको छ । कतिपय व्यक्ति राजधानी गइसकेका छन् भने थोरैमात्र चौकीडाँडास्थित आफन्तकहाँ बसिरहेका छन् ।
तातोपानीस्थित इको रिसोर्ट भन्दा तल रहेको पक्की सडकको तल्लो भागमा रहेको तार जालीसमेत नदीले कटान गरिरहेको हुँदा सडकको कुनाको भाग पहरोमा परिवर्तित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
-
आत्मदाह प्रयास गरेका नेपालीको स्वास्थ्य अवस्था गम्भीर, उपचार जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण