सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने
बिहीबार, ०६ साउन २०७३, २२ : ४१
काठमाडौँ– सातौँ राष्ट्रिय खेलकुदमा ३२ खेल समावेश हुने भएको छ ।
सातौँ राष्ट्रिय खेलकुद कार्यकारी समितिका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव केशवकुमार विष्टको अध्यक्षतामा बिहिबार सात दोबाटोमा बसेको बैठकले उक्त निर्णय गरेको हो । यसअघि ३५ खेल समावेश गर्ने भनिएको थियो ।
शारीरिक सुगठन, पौडी र ट्रायथलनका राष्ट्रिय प्रतियोगिता यसअघि नै सकिइसकेकाले ३२ खेल मात्र समावेश गर्ने निर्णय गरिएको राखेपका प्रेस सल्लाहकार रोहित दाहालले जानकारी दिए । यस पटकदेखि एथलेटिक्स अन्तर्गत म्याराथन पनि आयोजना भइसकेको हुँदा म्याराथन बाहेकका विधामा प्रतिस्पर्धा हुनेछ । त्यस्तै बैठकले सातौँ खेलकुदका लागि खेलाडी दर्ता यही साउन २५ देखि आगामी भदौ २०, जिल्ला प्रतियोगिता भदौ २५ देखि असोज १४ तथा क्षेत्रीय प्रतियोगिता कात्तिक २३ देखि मङ्सिर ३ गतेलाई ताकेको छ ।
गत आइतबार सम्पन्न राखेपको १०६औंँ बोर्ड बैठकले सातौँ राष्ट्रिय पूर्वनिर्धारित क्षेत्र पूर्वाञ्चलमा मङ्सिर ८ देखि १५ गतेसम्म गर्ने निर्णय गरेको थियो । बजेटको समस्या र मधेस आन्दोलनले गर्दा दुई पटक मिति घोषणा भए पनि सातौँ राष्ट्रिय खेलकुद स्थगन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण