सरकारी टोली डा केसीसँगको वार्ता सकारात्मक
बिहीबार, ०६ साउन २०७३, २२ : ४३
[caption id="attachment_64814" align="alignleft" width="840"] file photo[/caption]
काठमाडौँ,साउन ६ सरकारी वार्ता टोली र अनशनरत प्रा डा गोविन्द केसीको प्रतिनिधि वार्ता टोलीबीचको आजको वार्ता सकारात्मक भएको छ ।
डा केसीका तर्फबाट वार्तामा सहभागी डा जीवन क्षेत्रीले वार्ता सकारात्मक रुपमा अगाडि बढेको र सबै बुँदामा छलफल भएको जानकारी दिए ।
उनलेभने, “आजको वार्ताको प्रगतिबारे हामीले डा केसीलाई जानकारी गराउने र उहाँहरू (सरकारी टोली) ले सरकारलाई जानकारी गराएर थप वार्ता गर्ने गरी आजको वार्ता टुङ्गिएको छ ।”
वार्तामा सरकारका तर्फबाट स्वास्थ्य मन्त्रालयका सचिव डा शैलेन्द्र उप्रेती, केदारबहादुर अधिकारी र लवदेव अवस्थी तथा प्रा डा केसीका तर्फबाट डा रञ्जन सापकोटा, डा अञ्जनीकुमार झा, डा क्षेत्री, डा लिजन महर्जन, डा स्नेहबन्धु रेग्मी र सुमन आचार्य सहभागी थिए ।
डा केसी चिकित्सा क्षेत्र सुधार लगायत विभिन्न माग राख्दै गत १२ दिनदेखि अनशन बसिरहेका छन् । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के यो विश्वकप इतिहासकै उत्कृष्ट विश्वकप बन्दैछ ?
-
सातवटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल
-
महानगर प्रहरी र गणेश नेपालीबिच ‘ह्वील लक’ को विषयमा यस्तो भएको थियो विवाद
-
‘वैदेशिक रोजगारीमा पठाइदिन्छु’ भन्दै ठगी गर्ने ३ जना पक्राउ
-
‘बालेनको पुलिस होइनौँ’ भन्ने डीएसपी जिल्ला तानिएको विषयमा बोले प्रहरी प्रवक्ता
-
१० बजे १० समाचार : एमालेमा देखिएन ओलीको पक्षमा माहोल, कांग्रेसमा सक्रिय भयो देउवा समूह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण