सेनाले भन्यो–राजनीतिक एवं सुरक्षा स्थितिलाईसूक्ष्म ढङ्गबाट नियालिरहेका छौं
सोमबार, १० साउन २०७३, २३ : ४२
काठमाडौँ – प्रधानसेनापति राजेन्द्र क्षत्रीले नेपाली सेना नेपालको समष्टिगत राष्ट्रिय हितको सुरक्षाका लागि प्रतिबद्ध रहेको तथा यसले विद्यमान राजनीतिक एवं सुरक्षा स्थितिलाई समेत सूक्ष्म ढङ्गबाट नियालिरहेको बताएका छन् ।
कृषिमा व्यवसायीकरणको जागरण अभियानमा कार्यरत ‘अष्ट ज अभियान’ नामक संस्थाबाट आफू समक्ष गमला हस्तान्तरण तथा उत्पादन र व्यवसायीकरणका सम्बन्धमा नेपाली सेनाको भूमिकाबारे गरिएको अन्तक्र्रिया कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीेले कुनै पनि गतिविधिबाट राष्ट्रिय सुरक्षामा गम्भीर खतरा उत्पन्न भएमा त्यसलाई सशक्त ढङ्गबाट सामना गर्नु नेपाली सेनाको दायित्व रहेको स्पष्ट गरे ।
उनले नेपाली सेना नेपालको संविधान अनुरुप आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न सदा कटिबद्ध रहेको बताउँदै सेनाले विपद् व्यवस्थापन, पर्यावरण सुरक्षा, राष्ट्रिय विकासको क्षेत्र तथा अन्तर्राष्ट्रिय शान्ति स्थिरताका क्षेत्रमा छुट्टै पहिचानका साथ दृढतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको जानकारी गराएको सैनिक जनसम्पर्क निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ ।
सेनाले पनि सरसफाई तथा स्वास्थ्यमैत्री कार्यक्रमलाई अभियानकै रुपमा लागू गर्न ‘गो ग्रिन क्याम्पेन’ को सुरुआत गरेको बताउँदै उहाँले चाँडै अवकाशप्राप्त सैनिक व्यक्तिहरूलाई कृषिसम्बन्धी प्राविधिक तथा व्यावसायिक तालिम सञ्चालन गर्न लागिएको पनि बताए ।
सो अवसरमा अभियानका अध्यक्ष लोककृष्ण भट्टराईले आर्थिक विकासका निम्ति आठ ‘ज’ अर्थात् जल, जमिन, जङ्गल, जडीबुटी, जराजुरी, जनावर, जलवायु र जनशक्तिको उपयोगिताको उपयुक्त वातावरण निर्माणका निम्ति सम्बन्धित पक्षलाई दबाब सिर्जना गर्ने एवं उपयुक्त वातावरण निर्माण गर्न सघाउने उद्देश्य अनुरुप सो संस्था स्थापना भएको बताए । रासस
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजार निरन्तर घटेकोबारे धितोपत्र बोर्डले के भन्यो ?
-
नयाँ मौद्रिक नीति सन्तुलित र सकारात्मक भएको सिबिफिनको निष्कर्ष
-
अदालतको फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्रै सम्भव छैन : मुख्य रजिस्ट्रार पौडेल
-
वैकल्पिक व्यवस्था नगरी सुकुमबासी नहटाउन सरकारलाई राष्ट्रिय मानवअधिकार आयोगको निर्देशन
-
संविधानका आधारभूत विषयमा कांग्रेसले कुनै सम्झौता गर्दैन : सभापति थापा
-
चिनीमिलबाट भुक्तानी नपाउँदा उखु किसान मारमा, साउनमा काठमाडौँ केन्द्रित आन्दोलनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण