इनार सफा गर्ने क्रममा तीनको मृत्यु
बिहीबार, १३ साउन २०७३, २१ : २७
काठमाडौँ,- बूढानीलकण्ठ नगरपालिका–१९ कपन पैयुँटारमा इनार सफा गर्ने क्रममा आज तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनार सफा गर्न गएका २४ वर्षीय ईश्वर खड्का र उनकै भाइ २० वर्षीय किशोर तथा १८ वर्षीय विशाल बस्नेत रहेको प्रहरीले जनाएको छ । आफ्नै घरको ४५ फिट गहिरो इनार सफा गर्न गएका ईश्वर नफर्केपछि उनलाई बचाउन गएका किशोर र विशालको मृत्यु भएको हो । इनारभित्र फसेका उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएकामा उनीहरुको बाटैमा मृत्यु भएको हो ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण