बाँध विषयमा नेपाली र भारतीयबीच झडप
बिहीबार, १३ साउन २०७३, २१ : ४१
राजविराज (सप्तरी)- जिल्लाको दक्षिणी भेगमा पर्ने नेपाल भारत सीमा दशगजा क्षेत्रमा भारतीय पक्षले एकतर्फी निर्माण गर्न लागेको बाँध स्थानीयवासीले भत्काएपछि दुवै पक्षबीच आज दिनभर झडप भएको छ ।
करिब एक दशक अगाडि भारतीय पक्षबाट सप्तरीको तिलाठीमा निर्मित बाँध बाढीले भत्काएको र सो बाँध भारतीय पक्षले आज बिहानैदेखि पुनःनिर्माण गर्न लाग्दा स्थानीय नेपाली युवा र भारतीय पक्षबीच पटक पटक झडप भएको हो । सो ठाउँको अवस्था अहिले तनावग्रस्त रहेको बुझिएको छ । यसैबीच घटनास्थलमा सप्तरीका प्रजिअ बलदेव गौतम र सुरक्षा प्रमुखहरुको टोली त्यहाँ पुगेको प्रहरीले जनाएको छ । दुवैतर्फका सुरक्षाकर्मीबाट झडप नियन्त्रणमा लिने प्रयास भइरहेको प्रजिअ गौतमले बताउनुभयो । बाँध निर्माणबाट प्रत्येक वर्ष नेपाली भूभाग रम्पुरा, मल्हनिया, तिलाठी, सकरपुरा लगायत आधा दर्जन गाविस वर्षामा डुबान हुने गरेको स्थानीयवासीले बताएका छन् ।खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण