अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस्ःप्रमओली
बिहीबार, १३ साउन २०७३, २२ : १७
काठमाडौँ- अन्तर्राष्ट्रिय शान्ति सम्मेलन यहाँ सुरु भएको छ ।
युनिभर्सल पिस फेडरेसन संसदीय शान्ति परिषद्को आयोजनामा सुरु भएको तीनदिने सम्मेलनमा २९ देशका १८५ सांसद, सोलोमन आइल्यान्डका पूर्वराष्ट्रपति मार्सल आइसमान्ड, किरिबाटिका पूर्वराष्ट्रपति एनोट टोङ तथा फिजी र श्रीलङ्काका मन्त्री गरी २०० प्रतिनिधिको सहभागिता छ ।
सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालको अन्त्यपछि स्थिरता र शान्ति सम्भव हुने बताए । “प्रमुख दलको सहमतिमा संविधान जारी गर्न सफल भयौँ, संविधान जारी भएपछि बनेको सरकारले कार्यान्वयनको प्रयास गरेको छ, अब बन्ने सरकारले सुझबुझका साथ संविधान कार्यान्वयन गरोस्”– उनले भने । अब बन्ने सरकारको गतिविधि हेरेर समर्थन वा विरोध गरिने नेकपा ९एमाले०का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले बताए ।
एमाले नेता माधवकुमार नेपालले दलहरुबीच भएको सहमति कार्यान्वयन नगर्दा राजनीतिमा धोका पाइने बताए ।
आयोजक संस्थाका अध्यक्ष एवम् शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकालले नेपालमा शान्तिलाई स्थायित्व दिन समसामयिक विषयमा साझा बहस गराउने उद्देश्यले सम्मेलन आयोजना गरिएको जानकारी दिए । शनिबारसम्म चल्ने सम्मेलनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने १७ दलका ६८ सांसदको सहभागिता छ । सम्मेलनमा विश्वले अहिले भोग्नुपरेका समसामयिक समस्याका बारेमा छलफल हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण