पाल्पामा राजगोमन सर्पको संरक्षणमा जोड
पाल्पा, १४ साउन । लोपोन्मुख राजगोमन सर्प संरक्षण गर्न अर्गली गाविसका स्थानीयबासिन्दा सक्रिय भएका छन् ।
हिमालयन प्रकृतिका अनुसन्धानकर्ता कुलबहादुर थापाको नेतृत्वमा राजगोमान सर्पको संरक्षणका लागि स्थानीयबासिन्दा सक्रिय भएका हुन् । उनीहरुले यस क्षेत्रलाई सर्प संरक्षण क्षेत्रका रुपमा घोषणा गर्नसमेत माग गरेका छन् ।
नाग संरक्षणले पर्यावरणलाई सहयोग पुग्ने भएपछि यहाँका स्थानीयले सर्प संरक्षण गर्न थालेका हुन् । सर्प, सर्पको अण्डा, गुँडलाई देखेपछि अब त्यसको संरक्षणका लागि अरुलाई समेत सचेत गराउने उनीहरुको भनाइ छ ।
ढुङ्गाको नाग पूजा गर्ने तर जीवित नागलाई संरक्षण नगर्ने बानी हटाउनुपर्ने जिल्ला वन कार्यालयका प्रमुख दधिलाल कँडेलले बताए ।
अनुसन्धानकर्ता थापाले पाल्पामा नौ वटा राजगोमान सर्प रहेकामा अहिले अर्गलीमा दुई वटा मात्र जीवित रहेको बताए । अर्गलीमा तीन, यम्घामा दुई, पूर्वी पाल्पामा एक र पाल्पा र नवलपरासीको सीमा क्षेत्रमा एक राजगोमान सर्प स्थानीयले मारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण