जियोनीले लञ्च गर्यो ३३ दिनसम्म ब्याट्रि ब्याकअप दिने स्मार्टफोन
शुक्रबार, १४ साउन २०७३, १२ : ०६
चीनियाँ स्मार्टफोन निर्माता कम्पनी जियोनीले दुई स्मार्टफोन एम सिक्स र एम सिक्स प्लस लञ्च गरेको छ । यो दुबै स्मार्टफोनको चिपमा डेटा एन्क्रिप्शन लगाइएको छ जसका कारण यसका प्रयोगकर्ताले अरु स्मार्टफोनभन्दा बढी सेक्युरिटी र प्राइभेसी पाउनेछन् । यी स्मार्टफोन श्याम्पेन गोल्ड र मोचा गोल्ड कलरमा उपलब्ध गरिएको छ ।
शक्तिशाली ब्याट्री सबैभन्दा विशेषः
जियोनी एमसिक्स प्लसको विशेषता यसमा दिइएको ब्याट्री हो जुन ६०२० एमएएच पावर रहेको छ । यसमा ६ इन्चको फुल एचडी डिस्प्ले स्क्रिन दिइएको छ । यद्यपी यसको अन्य विशेषता जियोनी एमसिक्स सरह छ ।
जियोनी एमसिक्सका विशेषताहरुः
यसमा ५.५ इन्चको फुल एचडी डिस्प्ले स्क्रिन, ६४ बिट मीडियाटेक हेलिओ पी१० अक्टाकोर प्रोसेसर र ४ जीबीको र्याम दिइएको छ ।
यसको इन्टरनल मेमोरी ६४ जीबीसम्मको हो जसलाई माइक्रो एसडी कार्डमार्फत बढाएर १२८ जीबीसम्म बनाउन सकिन्छ ।
यसका साथै यसमा फोटोग्राफीका लागि फेस डिटेक्सन अटोफोकस र एलइडी फ्ल्याससँग १३ मेगापिक्सेल रियर र ८ मेगापिक्सेल सेल्फी क्यामरा दिइएको छ ।
यसको ब्याट्रि ५ हजार एमएएचको रहेको छ ।
कम्पनीका दाबी अनुसार यसमा ६.४ घण्टासम्म लगातार भिडियो चलाउन सकिन्छ । स्ट्याण्डबाईमा यसले ३३ दिनको ब्याट्रि ब्याकअप दिनेछ ।
यसमा फिंगरप्रिन्ट स्क्यानर दिइएको छ र कनेक्टिभिटीका लागि ४जी एलटीसहित वाइफाइ, जीपीआरएस, ब्लूटूथ र माइक्रो यूएसबी पोर्टजस्ता विशेषताहरु दिइएको छ ।
मूल्य र किसिमः
जियोनी एमसिक्सको ६४ जीबी इन्टरनल स्टोरेजको मूल्य २६९९ युआन (४३,५३१ रुपैयाँ) राखिएको छ । जबकी एमसिक्स प्लसको ६४ जीबीको मूल्य ३१९९ युआन (५१,५९५ रुपैयाँ) तय गरिएको छ । यद्यपी, कम्पनीले यी दुई फोनलाई चीनमा मात्र लञ्च गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण