आमिर खानले ऋतिक रोशनको ठाउँ लिँदा अमिताभ बच्चनले पनि छोडे फिल्म
शुक्रबार, १४ साउन २०७३, १३ : १७
फिल्म नबनुञ्जेलसम्म त्यसमा को–को कलाकारको अभिनय हुन्छ त्यो भन्न मुश्किल हुन्छ । फिल्म बन्ने घोषणा भएदेखि फिल्म रिलिज हुने बेलासम्म फिल्ममा थुप्रै परिवर्तन हुने गर्दछन् । कहिले को नायिकाले फिल्म छोड्छन् त कहिले को नायकले । यशराजको बन्न लागेको फिल्म ‘ठग’ को विषयमा पनि यस्तै खबर सार्वजनिक भएको छ ।
यशराज ब्यानरमा बनेको बिग बजेट फिल्म ‘ठग’ को घोषणा भइसकेपछि यसमा ऋतिक रोशन, अमिताभ बच्चन र दीपिका पादुकोणको अभिनय रहने बताइएको थियो । तर मिस्टर परफेक्सनिष्ट आमिर खानले ऋतिक रोशनको स्थान कब्जा गरेको खबर सार्वजनिक भएको छ ।
तर यो भन्दा पहिले एउटा अर्को खबर सार्वजनिक भएको थियो कि अमिताभ बच्चनले पनि ‘ठग’ फिल्म छोडिदिएका छन् । आमिरका कारण अमिताभले उक्त फिल्म छोडेको मानिसहरुले अनुमान गर्न थालेका छन् । किनभने फिल्ममा बिग बी ऋतिकका पिताको भूमिकामा देखिने भएका छन् तर ऋतिकको ठाउँमा यो रोल आमिर खानले गर्ने भएका छन् ।
‘ठग’ फिल्मको निर्देशन धूम ३ का निर्देशकले गर्न लागेका हुन् । आमिर खानले यसै कारण यो फिल्ममा अभिनय गर्न लागेको बताईएको छ । यो फिल्म बेस्ट सेलिङ नोवल ‘कन्फेसन अफ अ ठग’ मा आधारित छ । आमिर फिल्ममा आउनुभन्दा आमिताभले यो फिल्म छोडेको कुरामा मानिसहरुले बढि चासो राखेका छन् ।
कसैले व्यस्तताका कारण अमिताभले यो फिल्म नगरेको बताएका छन् । यद्यपी, यो कुरा याद गर्नुपर्छ कि अमिताभ र आमिरले एकसाथ कुनै पनि काम गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण