आखिर किन ऐश्वर्यासँग रिसाएको छ बच्चन परिवार ?
शुक्रबार, १४ साउन २०७३, १३ : ४८
आजकाल बच्चन परिवारमा ऐश्वर्या रायका कारण खटपट परेको छ । ऐश्वर्या एक प्रतिष्ठित परिवारको बुहारी हुन् तर उनले यस्तो गरिन् जसका कारण उनका सासू–ससुरा र श्रीमान् रिसाएका छन् ।
रिपोर्टलाई मान्ने हो भने बुहारी ऐश्वर्यासँग बच्चन परिवार रिसाउनुको कारण उनको आउँदो फिल्म ‘ए दिले मुश्किल’ हो । खबरलाई मान्ने हो भने यो फिल्ममा ऐश्वर्याले रणबीर कपूरसँग केही हट सिन सूट गरेकी छिन् ।
जब यो खबर बच्चन परिवारमा पुग्यो तब ऐश्वर्यासँग उनीहरु रिसाए र उनी एक राम्रो परिवारको बुहारी भएका कारण पर्दामा यस्ता सिनहरु गर्न शोभा नदिने भन्दै बच्चन परिवार ऐश्वर्यासँग रुष्ट भएको छ ।
परिवार रुष्ट भएपछि ऐश्वर्याले फिल्मका निर्देशक करन जोहरलाई फिल्मबाट उक्त सिन हटाउनका लागि आग्रह गरिन् । सुरुमा करनले ऐश्वर्याको आग्रहलाई अस्विकार गरे तर पछि अमिताभले उक्त सिन हटाउनु पर्छ भनेपछि करन यसका लागि तत्काल राजी भए ।
स्मरण रहोस्, धूम २ मा पनि ऐश्वर्याले ऋतिक रोसनसँग स्टिमी लिपलक गरेकी थिइन् जसमा अमिताभ र जयाले आपत्ति जनाएका थिए ।
करन जोहरद्वारा निर्देशित फिल्म ए दिले मुश्किलमा रणबीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्माको मुख्य भूमिका रहेको छ । फिल्म तिहारमा रिलिज हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण