पत्याउनु हुन्छ ? साङ्लाको दुधले तपाईंको शरिरलाई बनाउनेछ शक्तिशाली !
शुक्रबार, १४ साउन २०७३, १४ : २०
लण्डन । घरभित्र साङ्ला निकै सजिलै पाइन्छन् । यो शरिरका लागि हानिकारक मानिने भएकाले यसलाई हटाउन विभिन्न तरिका अपनाइन्छ तर अपनाइएका सबै उपाय सफल हुँदैनन् । हामी जुन किरालाई आफ्नो घरबाट हटाउन निकै प्रयास गर्छौं त्यही जीव हाम्रो शरिरको लागि निकै फाइदाजनक छ भन्दा तपाईंलाई अचम्म लाग्ला ।
भारतको इन्सटिच्युट अफ स्टेम सेल बायोलोजी एण्ड रिजेनेरेटिभ मेडिसिन्सको एक अनुसन्धानले साङ्लाको दूध भविष्यको सुपर फुड हुनसक्ने बताएको छ । वैज्ञानिकको भनाई अनुसार प्यासेफिक बीटली ककरोचको दूध मानिसहरुका लागि प्रोटिन सप्लिमेन्टको राम्रो स्रोत हुनसक्ने बताएको छ ।
अनुसन्धानका अनुसार प्यासेफिक बीटली ककरोचले अण्डा नपारी सिधै बच्चालाई जन्म दिन्छ जबकी अन्य साङ्लाले अण्डा दिन्छ । यो साङ्लो ल्याक्टेटिंग प्रोटिनले भरपूर लिक्विड क्रिस्टल्स दिन्छ । यसमा फ्याट, शुगर र अमिनो एसिड्स हुन्छ ।
भारतका साथै फ्रान्स, जापान, क्यानडा र नेशनल इन्स्टिच्युट अफ हेल्थ इन अमेरिकाका वैज्ञानिकका समूहले साङ्लाको दुधमा पाइने सघन पदार्थमा जति ऊर्जा छ त्यति नै ऊर्जा गाइको दुधमा हुने बताएको छ । यसका साथै यसमा उच्च मात्रामा क्यालोरी पनि पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण