बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेफ्टा अवार्डको दशौं संस्करण फागुनमा

बुधबार, १० माघ २०७४, १३ : ४४
बुधबार, १० माघ २०७४

काठमाडौं – नेपाल चलचित्र प्राविधिक संघले नियमित आयोजना गर्दै आएको  नेफ्टा अवार्डको दशौं संस्करण आगामी फागुनमा आयोजना गर्ने भएको छ । संघले एक बिज्ञप्ती मार्फत नेफ्टा अवार्डको जानकारी दिएको हो । 

यसपटकको अवार्ड पनि विदेशमै हुने भएको छ । उत्कृष्ट पाँच घोषणासँगै अवार्ड आयोजना हुने मुलुकको नाम समेत सार्वजनिक गरिने संघले जनाएको छ । आउँदो सातादेखि पाँच सदस्यीय जुरीले चलचित्र मूल्यांकनको काम सुरु गर्नेछन् । 

दुई सातापछि सांस्कृतिक प्रस्तुति दिने कलाकारले रिहर्सल थाल्नेछन् । अवार्डको एघारौं संस्करण आगामी दशैं अगाडि नै आयोजना हुने जनाइएको छ । ‘हामी दुबै अवार्डमा जुटिसकेका छौं’ उनले भने, ‘दशौं अवार्डको लोकेसन र विस्तृत पक्ष उत्कृष्ट पाँच घोषणा बेला सार्वजनिक गर्नेछौं ।’

संघले यस अगाडि मलेसिया, हङकङ, कतार र दुबईमा अवार्ड सम्पन्न गरेको छ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप