यसकारण केरा र तातो पानीले गर्नुहोस् आफ्नो दिनको सुरुवात
शुक्रबार, १४ साउन २०७३, १७ : ०९
अविश्वसनीय लाभ पाउनका लागि मानिसहरु नास्तामा केरा खान मनपराउँछन् । बिहान नास्तामा केरा खाँदा शरिरमा ऊर्जा बढ्दछ भने सूकरोज, फ्रक्टोज र ग्लूकोजजस्ता पोषक तत्व पनि यसमा पाइन्छ । यो पहेंलो फलमा हल्का हरियो रंगको स्पर्श छ भने यसमा स्टार्च र स्वास्थ कार्बोहाइड्रेटको सबैभन्दा राम्रो स्रोत हुन्छ । बिहान नास्तामा केरा खाँदा तपाईंलाई दिन भरी भोक लागेको महसुस हुँदैन ।
केरासँगै तातो पानी पिउनुका फाइदा
विश्वभरी मानिसहरुले अत्यधिक मात्रामा केराको प्रयोग गर्ने गर्छन् । यतिसम्म कि जापानका मानिसहरु यतिसम्म केरा खान्छन् कि त्यहाँ केराको कमी महसुस हुन थालिएको छ । तर के तपाईंलाई बिहान केरा खाएपछि एक कप तातो पानी पिउँदा के फाइदा हुन्छ भन्ने थाहा छ ? यसले तपाईंका तौल घट्नमा त सहयोग गर्नुका साथै तपाईंलाई सेपमा राख्न पनि मद्दत गर्छ ।
कसरी काम गर्छ यसले ?
स्टार्च र स्वस्थ कार्बोहाइड्रेटले भरिपूर्ण यो डाइटले दिनभरी तपाईंको शरिरमा चढ्ने मोटोपनालाई कम गर्न तपाईंलाई सहयोग गर्दछ । केरामा पाइने स्टार्चमा ग्लाइसेमिक इन्डेक्स प्रचुर मात्रामा पाइन्छ । यसका साथै यसमा पाइने फाइबरले तपाईंलाई कब्जियतको समस्याबाट टाढा राख्दछ ।
केरासँग तातो पानी पिउँदा पाचन शक्ति बलियो हुन्छ । तातो पानी एक प्राकृतिक शक्तिवर्धक हो । यसले शरिरलाई हाइड्रेट गरेर अक्सिजनको स्तरलाई बढाउँछ । यसको सेवन पछि तपाईंलाई ताजा महसुससमेत हुन्छ । केरासँग तातो पानी पिउँदा तपाईंले अतिरिक्त क्यालोरी र अतिरिक्त सुगर बिना नै ऊर्जा र स्वस्थ जीवन पाउन सक्नुहुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्यारी केनको गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
-
कङ्गोको उत्कृष्ट पुनरागमन, पोर्चुगलसँग खोस्यो अङ्क
-
नारायणगढ–मुग्लिन सडक खण्डमा यातायात सञ्चालनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण